न्यून व्यान्डविथ Invert Color A- A A+

विपद् जोखिम न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

2076-06-26

2076-06-26


20191013_114113.jpg तस्बिर :

जिल्ला विपद व्यवस्थापन समिति न.प.बसुपको आयोजना तथा सहमती संस्थाको सहयोगमा "अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔ, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔ" भन्ने मूल नाराका साथ संचालित विपद् जोखिम न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूको अध्यक्षतामा आज मिति २०७६ साल असोज २६ गते (तदनुसार १३ अक्टोवर २०१९) प्रतापपुर गाउँपालिका बेलाटारी नवलपरासी (बसुप)मा प्रतापपुर गाउँपालिका अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, वडाध्यक्ष, सदस्य, पत्रकार, सुरक्षाकर्मी, सहमती संस्थाका प्रतिनिधि र स्थानीय विपद व्यवस्थापन समितिका सदस्य लगायत अं.१०० जनाको उपस्थिति एवं सहभागितामा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरुले विपदबाट जोगिन तथा पूर्व तयारीको लागि गर्नु पर्ने कार्यहरु सहितको जिज्ञासा राखेकोमा सुरक्षा निकायका तर्फबाट भएको तयारीको बारेंमा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुबाट जानकारी गराईएको थियो भने प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनी ज्यूबाट सहभागीहरुले राखेको जिज्ञासाको बारेंमा जानकारी गराउँदै आफुहरु बसेको ठाउँमा कुन किसिमको विपद आउन सक्छ त्यसको पहिचान गरी सोही अनुसार उक्त विपत्तीबाट बच्न उपाय अपनाउनु पर्ने भन्ने कुराको जानकारी गराउनु भएको थियो । साथै विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७६ अनुसार विपद जोखिम न्यूनिकरणका लागि जिल्लामा कार्य भई रहेको र सोही अनुसार स्थानीय तहमा पनि योजना बनाई विपदको जोखिम न्यूनिकरणका कार्य गर्नु हुन अनुरोध गर्नु भएको  छ ।

 

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .