5 महिना अगाडी
2081-10-24
मिति २०८१ साल माघ २४ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठज्यूको संयोजकत्वमा नगरपालिका तथा गाउँपालिकामा बजार अनुगमन, न्यायिक समितिको काम, कारवाही लगायत विविध विषयमा समन्वय बैठक बसी नगरपालिका/गाउँपालिकामा एक अर्काले गरेका राम्रा कामको अनुशरण गर्ने र स्थानीय तहबाट बजार अनुगमन, ढुङ्गागिट्टी, बालुवाको अवैध नियन्त्रणमा अनुगमन थप प्रभावकारी रुपमा गर्न र न्यायिक समितिका काम, कारवाहीलाई थप सरल, पहुँच र विश्वसनीय बनाउन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसँग नियमित समन्वय, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता सहित बैठक सम्पन्न भएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
Powered By: ProActive Developers