Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस सम्पन्न

२०८१-०५-२० २०८१-०५-२०

20240905_073908.jpg तस्बिर : मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस सम्पन्न

सन् २००२ मा काठमाण्डौमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को एघारौं शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धी २००२ लाई वि.सं. २०६३ भाद्र २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन गरेको दिनलाई स्मरण गर्दै नेपाल सरकारले हरेक वर्ष भाद्र २० गतेलाई मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ ।

सोहि अनुरुप आज मिति २०८१ साल भाद्र २० गते जिल्लास्थित जिल्ला समन्वय समितिको प्रमुख श्री भगौती यादव, रामग्राम नगरपालिकाको नगर प्रमुख श्री धनपत यादव, निमित्त प्रमुख जिल्ला अधिकारी श्री ध्रुवबहादुर कुँवर, जिल्ला प्रहरी कार्यालयको प्रहरी उपरीक्षक श्री ज्ञानेन्द्र प्रसाद फुयाल, प्रहरी नायव उपरीक्षक श्री रेशम बोहरा, सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वाको सशस्त्र प्रहरी उपरीक्षक श्री प्रकाश वाग्ले, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको उप अनुसन्धान निर्देशक श्री विमल घिमिरे, गोरखदल गण परासीका प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं कर्मचारी, पत्रकार महासंघको अध्यक्ष श्री हरि शर्मा र अन्य पत्रकार, राजनीतिक दल, टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधि, आफन्त नेपालका प्रमुख एवं प्रतिनिधि, आशिष नेपालका प्रमुख एवं प्रतिनिध, महान दर्शन नेपालका प्रमुख एवं प्रतिनिधि लगायत अन्य सुरक्षाकर्मीहरुको सहभागितामा "तीन तहका सरकारको प्रतिबद्धता: मानव बेचबिखन बिरुद्ध सबैको ऐक्यबद्धता" भन्ने राष्ट्रिय नाराका साथ मानव बेचबिखन तथा ओसापसार विरुद्धको १८ औं राष्ट्रिय दिवस नगरपरिक्रमासहित कोणसभा गरी सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 15:03:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .