न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता तथा प्रतिलिपी शाखा 2075-12-14

सि. न.

सेवा सुविधाको विवरण

आवश्यक पर्ने कागजात/प्रमाणहरु

सेवा प्राप्त गर्न लाग्ने

जिम्मेवार कर्मचारी, शाखा/इकाई

गुनासो सुन्ने अधिकारी

कैफियत

समय

शुल्क

१.

नागरिकता

 

 

 

 

 

 

१.१

वंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र

  •  अनुसूची १ फाराममा गाँउपालिका/नगरपालिकाका सम्बन्धित वडा अध्यक्षको सिफारिश
  • बाबु आमाको ना.प्र.प., सो नभए दाजु भाई वा आफ्नो वंशज खुल्ने तिन पुस्ता भित्रको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत
  •  विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत
  • जन्ममिति खुल्ने प्रमाण, फोटोसमेतको शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण-पत्र
  •  बसाईसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाईसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. जस्ता प्रमाण
  • फोटो -३ कपि प्रष्ट दुवै कान देखिएको निधार नढाकेको

प्रमाण पुगेको खण्डमा उसैदिन

रु. १०।- को टीकट

सम्बन्धित फाँटको ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१.२

वैवाहिक अंगीकृत नागरिकता

  • अनुसूची ७ फाराममा वडा अध्यक्षको सिफारिश
  • पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि
  • विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाउको प्रमाण
  • पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत तथा नागरिकता प्रतिलिपी
  • श्यामस्वेत फोटो ५ (पाँच)

निवेदन दर्ता गरेको भोलिपल्ट

रु. १०।- को टिकट

सम्बन्धित फाँटको ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१.३

कर्मचारी परिवारको नाताले ना.प्र. लिंदा

  • जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी वा शिक्षक भएको प्रमाण
  • तोकिएको  अनुसूचीमा कार्यालय रहेको वडा अध्यक्षबाट गरिएको अनुसुची सिफारिस दुई प्रति
  • सम्बन्धित कार्यालयको सिफारिश पत्र
  • फोटो ६ प्रति  
  • पिता वा पतिको ना.प्र. सहित सनाखत

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटको ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१.४

नेपाली नागरिकताको प्रतिलिपि

  • तोकिएको ढाँचामा निवेदन
  • ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण
  • यस जिल्लामा स्थायी बसोबास
  • अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ ।

सोही दिन

रु. २०।- को टिकट

सम्बन्धित फाँटको ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१.५

विदेशमा जन्मस्थान राखी नागरिकता पाउ भन्नेको हकमा

  • अनुसूची १ बमोजिमको दरखास्त
  • क्र.सं. १.१ मा उल्लेख भएका सम्पूर्ण प्रमाण
  • बाबु विदेशमा नोकरी गरेको भएकोमा सोको लालपट्टा आदि प्रमाण
  •  विदेशमा जन्म भएको भन्ने जन्मदर्ता (वर्थ कार्ड)
  • नेपालस्थित कुटनीतिक नियोग अर्न्तर्गत कार्यालय/क्याम्पबाट प्रमाणित कागजात,प्रमाण ।

प्रमाण पुगेको भोलिपल्ट

रु. १०।- को टिकट

सम्बन्धित फाँटको ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 


पछिल्लो अपडेट गरिएको : 2079-11-18 16:44:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Powered By: ProActive Developers