न्यून व्यान्डविथ Invert Color A- A A+

शीतलहरको जोखिम न्यूनिकरणको लागि पूर्व तयारी बैठक सम्पन्न

2076-08-09

2076-08-09


20191125_150412.jpg तस्बिर : शीतलहरको जोखिम न्यूनिकरणको लागि पूर्व तयारी बैठक सम्पन्न

आज मिति २०७६ साल मंसिर ०९ गते जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद मरासिनीज्यूको अध्यक्षता, स्थानीय तहका प्रमुख/अध्यक्ष, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार, सामाजिक संघ/संस्था लगायतका प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा जाडोयाम सुरु भई सकेकोले शितलहरबाट प्रभावित हुन सक्ने विपन्न परिवार, जेष्ठ नागरिक, महिला, बालबालिकाको अवस्था र शीतलहरबाट बचाउन गर्नु पर्ने पूर्व तयारी एवं आवश्यक राहत सामाग्रीका सम्बन्धमा छलफल भएको छ । चिसो तथा शितलहरबाट प्रभावित हुन सक्ने वडा, क्षेत्र/गाउ/टोलका गरिब तथा विपन्न परिवार पहिचान गरी सम्बन्धित स्थानीय तहहरुले विशेष गरी इन्धन, दाउरा, न्यानो कपडा, खाद्यान्न, औषधि जस्ता राहत सामाग्री भण्डारणको व्यवस्था मिलाउनुको साथै चिसो तथा शीतलहरबाट बच्न सचेतनामुलक कार्यक्रम ‌संचालन गरी प्रभावितहरुको लागि वितरित हुने राहत सामाग्रीहरु एकद्वार प्रणालीबाट वितरणको व्यवस्था मिलाउने लगायतका निर्णय भएका छन् ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .