न्यून व्यान्डविथ Invert Color A- A A+

सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत

2076-09-08

2076-09-08


20191224_120401.jpg तस्बिर : सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत

आज मिति २०७६ साल पुष ०८ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सडक दुर्घटना न्यूनिकरण सम्बन्धी बसेको बैठकबाट प्रशासकीय अधिकृत श्री ज्योति राज अर्यालको संयोजकत्वमा गठित समितिले पेश गरेको सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत गरिएको । स्वीकृत कार्ययोजनामा तीन पाङ्ग्रे सवारी साधनको ऐन नियम बनाई व्यवस्थापन गर्ने, टिप्परलाई टाइम कार्डको व्यवस्था गर्ने,  ट्राफिक सचेतना वृद्धि गर्ने,  ड्राइभिङ्ग इन्स्टिच्युट र प्रशिक्षार्थीको अनुगमन, सडक अतिक्रमण तथा फुटपाथ व्यवस्थापन,  छाडा चौपाया र ओभरलोड नियन्त्रण,  मिडिया सम्पर्क कार्यक्रम,  ट्राफिक कम्युनिकेशन एप्स तथा रिफ्रेस सेन्टरको स्थापना जस्ता विषय समेटिएका छन् । सो कार्ययोजनाको कार्यान्वयनबाट यस जिल्लामा सडक दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .