2076-10-06
2076-10-06
तस्बिर : सडक अतिक्रमण तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने सम्बन्धी बैठक सम्पन्न
आज मिति २०७६।१०।०६ गते प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूको अध्यक्षतामा सडक अतिक्रमण तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने सम्बन्धी बैठक बसी देहाय अनुसारको निर्णय भई सम्पन्न भएको छ ।
देहाय:
१. संघ, प्रदेश र स्थानीय तहका सडक एवं राजमार्ग र भित्री सडकहरुको क्षेत्र भित्र भएका सडक सीमा क्षेत्र (Right of Way) भित्र भएका अतिक्रमणको लगत संकलन गरी सम्बन्धित निकायले २०७६ माघ महिना भित्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने ।
२. सडक किनारामा अव्यवस्थित रुपमा राखिएका निर्माण सामाग्री तत्काल हटाउने तथा सडकको किनारमा निर्माण सामाग्री एवं अन्य कुनै पनि सामाग्री राख्न नदिने व्यवस्था स्थानीय तहसँगको समन्वयमा जिल्ला ट्राफिक कार्यालयले मिलाउने ।
३. डिभिजन सडक कार्यालय बुटवलको प.सं. २०७६।७७ च.नं. ८१९ मिति २०७६।१०।०६ को पत्रसाथ प्राप्त विवरण बमोजिम (Right of Way) भित्र सडक अतिक्रमण गरी निर्माण भएका संरचनाहरु २०७६ माघ मसान्त भित्र स्वयंले हटाउने भनी सार्वजनिक सूचना डिभिजन सडक कार्यालयले प्रकाशन गर्ने र सो अवधिमा पनि त्यस्ता संरचना हटाइएको नपाइएमा डिभिजन सडक कार्यालयले स्थानीय तह र स्थानीय प्रशासनको सहयोगमा हटाउने ।
४. सडक वा सडक किनारामा विस्कुन सुकाउने र छाडा पशु चौपाया छाड्ने प्रवृतिलाई निरुत्साहित गर्न एवं हाट बजारको व्यवस्थापन तथा पार्किङ्गको उचित व्यवस्था लगायतका सचेतना कार्यक्रम स्थानीय तहले गर्ने । साथै जिल्ला ट्राफिक प्रहरी कार्यालयले आवश्यक सहयोग गर्ने ।
५. सडका किनाराहरुमा अव्यवस्थित रुपमा रहेका विद्युत र टेलीफोनका तारहरु सम्बन्धित जिम्मेवार निकायबाट व्यवस्थापन गर्ने ।
६. नहरको जग्गा अतिक्रमण हटाउन सडक अतिक्रमण गरेका संरचना हटाउन, सार्वजनिक जग्गा अतिक्रमण रोक्न एवं सार्वजनिक सम्पत्तिको संरक्षण तथा विकास निर्माणका काममा सबै राजनीतिक दल तथा सरोकारवालाहरुले सहयोग गर्ने ।
७. सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरिरहेकाहरुलाई उक्त स्थान खाली गर्न निश्चित समय सीमा दिएर स्थानीय तहहरुले सूचना प्रकाशन गर्ने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .