न्यून व्यान्डविथ Invert Color A- A A+

संयुक्त बजार अनुगमन समितिद्वारा जिल्लाको विभिन्न स्थानमा अनुगमन निरीक्षण

2076-05-31

2076-05-31


Ba_7.jpg तस्बिर :

आज मिति २०७६ भदौ ३१ गते यस कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीद्वारा जिल्लास्थित साई वाटर इण्डस्ट्रीज रामग्राम १५, ऋद्धि सिद्धि मिष्ठान भण्डार रामग्राम ५, माखन भोग रामग्राम ३, न्यौपाने होटल एण्ड खाजा घर भुमही, घिमिरे मिट एण्ड सप्लायर्स भुमही, दुर्गा देवी स्पलायर्स, अनिरुद्र खाद्य भण्डार सरावल, शुभ भट्टराई ट्रेडर्स सरावल, सहिद अलि मासु पसल बर्दघाट, शिला सन्देश जनरल स्टोर्स सरावल, रोयल कटेज बर्दघाटको अनुगमन गरी  रामग्राम नगरपालिका वडा नं.१५ स्थित साई वाटर इण्डस्ट्रिजमा शिलवन्दी गरी उक्त उद्योगका प्रतिनिधि वर्ष ४० का सुनिल कुमार गुप्तालाई नियन्त्रणमा लिई खाद्य तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीद्वारा अनुसन्धान शुरु गरिएको तथा अनुगमनको क्रममा ऋद्धि सिद्धी मिष्ठान भण्डार रामग्राम-५ को किचनमा अनुगमन टोलीलाई प्रवेशमा अवरोध गर्ने वर्ष १८ को राजन हलुवाईलाई नियन्त्रणमा लिईएको र अन्य पसल र होटलबाट म्याद गुज्रेका तथा अखाद्य वस्तु एवं पेय पदार्थ जफत गरी ल्याइएको । सबै होटल तथा पसलहरुलाई गल्ती सुधार गर्न निर्देशन दिईएको ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .