2076-05-24
2076-05-24
तस्बिर :
आज मिति २०७६ साल भाद्र २४ गते मंगलबार नवलपरासी जिल्ला(व.सु.प) का प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद मरासिनीज्यूको अध्यक्षता तथा जिल्लास्थित स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष, जि.स.स.को प्रमुख, सुरक्षा निकायका प्रमुख, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख तथा जिल्लास्थित अन्य सरोकारवाला कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा संयुक्त वजार अनुगमन समितिको वैठक देहाय बमोजिम निर्णय भएको छ ।
१. जिल्ला प्रशासन कार्यालयबाट तयार गरिएको संयुक्त बजार अनुगमन कार्ययोजना, २०७६ स्वीकृत गर्ने । सोही बमोजिम नियमित रुपमा प्रभावकारी रुपमा बजार अनुगमन गर्ने ।
२. सबै स्थानीय तहहरुले स्वीकृत संयुक्त बजार अनुगमन कार्य योजना समेतलाई ध्यानमा राखी आ–आफ्नो बजार अनुगमन कार्य योजना तर्जुमा गरी प्रभावकारी अनुगमन गर्ने । साथै संयुक्त बजार अनुगमनमा पनि प्रतिनिधित्व गर्ने र आवश्यक सहयोग गर्ने ।
३. आसन्न चाडपर्वहरुलाई दृष्टिगत गरी विशेष बजार अनुगमनको संचालन गर्ने तथा एक अर्को निकायहरु बीच समन्वय र सहयोग गर्ने ।
४. आ–आफ्नो क्षेत्र/तहबाट भएका बजार अनुगमनको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाउने ।
५. स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा व्यवस्थित र बैज्ञानिक रुपमा स्वच्छ र स्वस्थ्य मासुको बिक्री वितरण गर्न व्यवस्थाको लागि बधशाला निर्माण गर्ने र सबै मासु बिक्रेताहरुले बधशालाबाट नै सो सम्बन्धी काम गर्न जानकारी गराउने ।
६. उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई दर्ता भै सुपथ मूल्यमा गुणस्तरीय बस्तु वा सेवा उपलब्ध गराउन आफ्ना सदस्यहरुलाई जानकारी गराउने । साथै सुपथ मुल्यको पसल संचालनको आवश्यक व्यवस्था मिलाउने ।
७. कालोबजारी लगायतका प्रचलित कानूनको उल्लघंन गर्ने जोसुकैलाई कानून बमोजिम आवश्यक कारवाही
गर्ने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .