2076-06-03
2076-06-03
तस्बिर : प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूबाट शुभकामना मन्तव्य
आज मिति २०७६ असोज ०३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का जिल्ला समन्वय समितिको प्रमुख एवं जिल्ला समारोह समितिका अध्यक्ष श्री शिवशंकर प्रसाद राय, प्रदेश सभा सदस्य माननीय श्री बैजनाथ जैसवाल, रामग्राम नगरपालिका नगर प्रमुख श्री नरेन्द्र गुप्ता, प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनी, जि.स.स.उपप्रमुख श्री अब्दुल रहमान चुरिहार, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष श्री बैजु प्रसाद गुप्ता, रामग्राम न.पा.को उपप्रमुख श्री रम्भा कुवर, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष श्री पाबित्री कोहार, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं कर्मचारी, पत्रकार, उद्योग वाणिज्य संघको प्रमुख एवं सदस्य, नागरिक समाज, वडाध्यक्ष लगायत जनप्रतिनिधि तथा अन्य सबै सरकारी एवं संस्थानका कर्मचारीहरु लगायत अं.१००० जनाको सहभागितामा जिल्ला विकास समितिको प्राङ्गणबाट सबै कर्मचारी तथा जनप्रतिनिधिहरुले हातहातमा नेपालको झण्डा बोकी जिल्ला सदरमुकामको बजारमा प्रभातफेरी गर्दै रामग्राम नगरपालिकाको प्राङ्गणमा सभामा परिणत भई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । साथै अरु स्थानीय तहहरुमा पनि प्रभातफेरी लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ भव्यतापूर्वक मनाउने कार्यक्रम संचालन भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .