2076-10-02
2076-10-02
तस्बिर : २२ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी र प्रवचन कार्यक्रम सम्पन्न
आज मिति २०७६ माघ ०२ गते विहिवारका दिन "भुकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख समृद्धिको आधार" भन्ने नाराका साथ २२ औं भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रभातफेरी कार्यक्रम प्रदेश सभासद माननीय बैजनाथ कलवार, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र प्रसाद गुप्ता, सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया, प्रहरी नायव उपरीक्षक विरेन्द्र थापा, रेडक्रस, उद्योग वाणिज्य संघ, सरकारी तथा गैरसरकारी संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थितिमा रामग्राम नगरपालिकाको सभाहलमा पुगी प्रमुख जिल्ला अधिकारीको अध्यक्षता, प्रदेश सभासद माननीय बैजनाथ जैसवालको प्रमुख आतिथ्यता र नगरप्रमुख नरेन्द्र प्रसाद गुप्ताको विशेष आतिथ्यतामा प्रवचन कार्यक्रममा परिणत भई विगतको विभिन्न समयमा आएको भुकम्पबाट पाठ सिक्दै भुकम्पबाट बच्न अपनाउनु पर्ने सावधानीको बारेंमा आ-आफ्नो मन्तव्य दिनु भएको थियो ।
साथै कार्यक्रममा प्रजिअ लगायत अन्य पदाधिकारी सबैजनाले भुकम्प जानकारी नदिई आउने भएकोले यसबाट मानवीय क्षति लगायत अन्य क्षतिको न्यूनिकरण गर्न हामीले निर्माण गर्ने गरेका पूर्वाधारहरु भुकम्प प्रतिरोधी बनाउनु पर्छ र यसका लागि भवन संहिताको प्रभावकारी कार्यान्वयन गर्ने लगायतका विषयलाई विशेष अभियानका साथ अगाडि बढाउनु पर्ने विषयमा जोड दिनु भएको थियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .