न्यून व्यान्डविथ Invert Color A- A A+

नयाँ क्रसिङ्ग सिजनको लागि छलफल सम्पन्न

2076-08-08

2076-08-08


20191124_123852.jpg तस्बिर : नयाँ क्रसिङ्ग सिजनको लागि उखुँ मिल संचालकसँग छलफल सम्पन्न

आज मिति २०७६ साल मंसिर ०८ गते आइतवारका दिन प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूको अध्यक्षतामा को.ले.नि.का. प्रुमख, आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, चिनी मिलका प्रतिनिधिहरु, उखुँ कृषकका प्रतिनिधिहरु लगायतको उपस्थितिमा उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संसोधन, २०७६सहित) उखुँ कृषकले पाउने अनुदानको भुक्तानी प्रकृया, उखुँ कृषकले पाउनु पर्ने पुरानो भुक्तानी एवं यस वर्षको उखुँ क्रसिङ्ग लगायतका विविध विषयमा छलफल भै यसै २०७६ मंसिर महिना भित्रै नयाँ सिजनको उखुँ क्रसिङ्गको लागि मिल संचालनमा ल्याउने, पुरानो भुक्तानी यथासिघ्र गर्ने र नयाँ कार्यविधि अनुसार उखुँ कृषक सम्बन्धित स्थानीय तहमा दर्ता हुनु पर्ने लगायतका व्यवस्थाहरुका सम्बन्धमा उखुँ कृषकहरुलाई जानकारी गराउने लगायतका निर्णय भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .