न्यून व्यान्डविथ Invert Color A- A A+

निजामती सेवा दिवस २०७६ भव्यताका साथ सम्पन्न

2076-05-22

2076-05-22


20190908_073344(1).jpg तस्बिर :

निजामती सेवा दिवस २०७६ भव्यताका साथ सम्पन्न

 

आज मिति २०७६ साल भदौ २२ गते जिल्लास्थित सबै सरकारी कार्यालय, स्थानीय तह, सबै सुरक्षा निकाय, ट्रेड युनियन लगायतका प्रमुख एवं प्रतिनिधिहरुको ब्यापक सहभागितामा  निजामती सेवा दिवस, २०७६ "सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासन" भन्ने मूल नाराको ब्यानर र प्लेकार्डको साथ आज भदौ २२ गते बजारक्षेत्रमा प्रभातफेरी सहित भव्य रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

आधिकारिक ट्रेड युनियनको तर्फबाट पृथ्वी चन्द्र अस्पतालमा भर्ना हुन आएका विरामीहरुलाई फलफूल वितरण गरिएको साथै निजामती सेवा दिवसको २०७६ को अवसरमा कर्मचारी मिलन केन्द्र नवलपरासी (बसुप) द्वारा आयोजित ब्याडमिन्टन खेलतर्फ नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाको टोली प्रथम स्थान प्राप्त गरी नगद रु.१००००। र प्रमाण पत्र, शिक्षा विकास तथा समन्वय इकाईको शाखा अधिकृत दिनेक कुमार गौडको टोली दोस्रो स्थान प्राप्त गरी नगद रु.७०००। र प्रमाण पत्र त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलको टोली र जिल्ला प्रहरी कार्यालयको प्रहरी सहायक निरीक्षक धन बहादुर सिंजापतीको तेस्रो स्थान प्राप्त गरी नगद रु.५०००।-/५०००।- र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको  छ ।

त्यस्तै दिवसको अवसरमा आज कार्यालयमा प्रथम सेवा लिन आउने ३ जना सेवाग्राहीहरुलाई खादा ओढाई सम्मान गरी कार्यालय संचालनमा ल्याई सेवा लिन आउने अन्य सेवाग्राहीहरुलाई लक्षित गरी स्वास्थ्य कार्यालय नवलपरासी (बसुप) र पृथ्वीचन्द्र अस्पतालद्वारा संयुक्त रुपमा निशुल्क स्वास्थ्य शिविर संचालन गरी ११५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .