2076-05-18
2076-05-18
तस्बिर :
आज मिति २०७६ साल भदौ १८ गते जिल्लास्थित सबै सरकारी कार्यालय, स्थानीय तह, सबै सुरक्षा निकाय, ट्रेड युनियन लगायतका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा निजामती सेवा दिवस, २०७६ "सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासन" भन्ने मूल नाराका साथ भदौ २२ गते प्रभातफेरी सहित विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय भएको छ ।
निर्णय भएका कार्यक्रमहरु:
१. गृह मन्त्रालय, निजामती कर्मचारी प्रशासन शाखाको च.नं. ३७० मिति २०७६।०५।१५ गतेको पत्रबाट निजामती सेवा दिवस, २०७६ मनाउने सम्बन्धको पत्र बैठकमा पेश गरी जानकारी गराइयो । सो सम्बन्धमा निजामती सेवा दिवस २०७६ “सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ भव्य रुपमा मनाउने निर्णय गरियो ।
२. मिति २०७६ भदौ २२ गते विहान ७:०० बजे जिल्ला प्रशासन कार्यालय परिसरमा सम्पूर्ण कर्मचारीहरु र सुरक्षा निकायहरुबाट कार्यालय पोशाकमा सहभागी भई प्रभातफेरी कार्यक्रम गर्ने । सोको ब्यानर जिल्ला प्रशासन कार्यालय, न.प.बसुपले बनाउने ।
३. मिति २०७६ भदौ २० गते आ–आफ्नो कार्यालय परिसरमा सरसफाई एवं कम्तिमा ५ वटा फलफूलका विरुवाहरु रोप्ने ।
४. कर्मचारी मिलन केन्द्रले मिति २०७६ भदौ २० गते ३:०० बजे जिल्ला स्थित अन्तर कार्यालय ब्याडमिन्टन प्रतियोगिता संचालन गरी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागी टिमलाई क्रमशः १००००।–, ७०००।– र ५०००।– नगद पुरस्कार सहित प्रमाण पत्र, ट्रफी प्रदान गर्ने ।
५. मिति २०७६ भदौ २२ गते आधिकारिक ट्रेड युनियन लगाएतका जिल्ला स्थित टे«ड युनियनको तर्फबाट पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गर्ने ।
६. मिति २०७६ भदौ २२ गते आ-आफ्नो कार्यालयमा सेवा लिन आउने प्रथम सेवाग्राहीलाई खादा ओढाई सम्मान गर्ने ।
७. सबै कार्यालयले २०७६ सालको निजामती सेवा दिवसको नारा “सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन”लाई कार्यालयको मूल गेटको भित्तामा टाँस्ने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .