2077-12-23
2077-12-23
आज मिति २०७७ चैत्र २३ गते जिल्ला लोकतन्त्रका योद्धाहरुको अभिलेखिकरण समिति, २०७७ का अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री सागर मणि पाठक लगायत जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, तत्कालिन स्थानीय शान्ति समितिका संयोजक तथा पत्रकारको उपस्थितिमा बैठक बसी नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा यस जिल्लाका जीवन उत्सर्ग गर्ने शहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतान्त्रिक योद्धा, द्वन्द्वपीडित र विस्थापित अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितहरुको जिल्ला प्रशासन कार्यालय, न.प.(बसुप)बाट हालसम्म तयार पारिएको विवरण मन्त्रालयमा पठाउने, जिल्ला प्रशासन कार्यालय, न.प.(बसुप)बाट हालसम्म तयार पारिएको विवरण अनुसारका छुट भएका व्यक्तिहरुको अभिलेख अद्यावधिक गर्न सम्बन्धित पीडितबाट घटनालाई पुष्टि गर्ने प्रमाण सहित निवेदन माग गरी थप विवरण पठाउने ।उक्त विवरणमा समावेश भएका मृतक, वेपत्ता परिवारको नजिकका नातेदारको नागरिकताको फोटोकपि र फोटो २ प्रति जिल्ला प्रशासन कार्यालयमा पेश गर्न समेत निर्णय भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
Powered By: ProActive Developers