2076-05-03
2076-05-03
तस्बिर :
आज मिति २०७६ साल भदौ ०३ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी(बसुप)मा जिल्ला स्थित सबै सुरक्षा निकायकाका प्रतिनिधिहरु, सबै स्थानीय तहका प्रतिनिधिहरु, स्वास्थ्य कार्यालय, हुलाक कार्यालय, भन्सार कार्यालय, नागरिक समाज, गैसस महासंघ, पुनर्स्थापना केन्द्र र लागु औषध नियन्त्रणका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा जिल्लामा लागु औषध सेवन, बिक्री वितरण एवं ओसारपसारको अवस्था र यसको नियन्त्रणको लागि भए गरेका प्रयासहरुको अवस्थामा छलफल गरियो । साथै यस आ.व.०७६।०७७ मा जिल्लामा लागु औषधको सेवन, बिक्री बितरण र ओसारपसारको नियन्त्रणको लागि कार्य योजना तर्जुमा गरी स्वीकृत गरिएको छ । सो कार्ययोजना अनुसार सबैले आ-आफ्नो जिम्मेवारी प्रभावकारि रुपमा पुरा गर्न प्रतिबद्धता पनि ब्यक्त भएको छ ।
बैठकमा भएका निर्णयहरु:
निर्णय नं. १
लागु औषध नियन्त्रण सम्बन्धी गत आ.व.मा यस जिल्लामा संचालित कार्यक्रमहरुको समिक्षा गरियो ।
निर्णय नं. २
यस जिल्लामा गाजा, अफिम लगायत विभिन्न लागु पदार्थजन्य बस्तुको खेती गर्न सक्ने संभावित क्षेत्रको पहिचान गरी त्यस्तो भए गरेको पाइएमा स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालयले नष्ट गर्ने निर्णय गरियो ।
निर्णय नं. ३
लागु औषध ओसारपसार, बिक्री वितरण र प्रयोग हुने मुख्य संभावित क्षेत्रको पहिचान गरी चेक जाँचलाई प्रभावकारी बनाउने र त्यस्ता कार्यमा संलग्न हुनेहरुलाई नियन्त्रणमा लिई कानूनी कारवाही गर्ने निर्णय गरियो ।
निर्णय नं. ४
जिल्लाको लागु औषध नियन्त्रण कार्ययोजना २०७६।०७७ को मस्यौदा उपर छलफल गरी प्राप्त सुझावलाई समावेश गरी स्वीकृत गर्ने निर्णय गरियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .