न्यून व्यान्डविथ Invert Color A- A A+

कार्य सम्पादन सम्झौता सम्पन्न

2076-04-31

2076-04-31


1(4).jpg तस्बिर :

जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सेवालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउदै पारदर्शिताको माध्यमबाट जिल्ला प्रशासन कार्यालयको कार्य सम्पादनमा संलग्न रहने प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता गरी वस्तुपरक रुपमा मूल्यांकन गर्नको लागि निजामती सेवा ऐन, २०४९ को दफा १५.२ र नि.से.नि.२०५० को नियम ३४ को (ख) मा कार्यसम्पादन सम्झौता गर्न सकिने प्रावधान र गृह प्रशासन सुधार कार्य योजना, २०७४ को बुँदा नं.२६ मा विभागिय प्रमुख र कार्यालय प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्न कार्य विवरण र सूचकहरु तयार गरी कार्य सम्पादन सम्झौता गराई काममा खटाउने व्यवस्था अनुरुप गृह मन्त्रालयका सचिव श्री प्रेमकुमार राई र जिल्ला प्रशासन कार्यालय न.प.बसुपका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद मरासिनी बीच २०७६ साउन ०१ गते भएको कार्य सम्पादन सम्झौताको सुशासन र सेवा प्रवाहको १(क)मा उल्लेख भए बमोजिम आज मिति २०७६ साउन ३१ गते यस कार्यालयका प्रशासकीय अधिकृतहरुसँग कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .