2075-12-22
2075-12-22
तस्बिर :
आज मिति २०७५।१२।२२ गते सहायक प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्र राज पौड्यालको अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समितिको बैठक जिल्ला स्थित राजनीतिक दल, स्थानीय तहका प्रमुख/प्रतिनिधि, पत्रकार,सहमती र अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा आगलागी, हावाहुरी, आँधीहुरी, असिनापानी तथा बाढी पहिरो जस्ता विपद्का घटना र सोबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न र क्षति न्यूनिकरणका सम्बन्धमा जनचेतना फैलाउन सचेतनामुलक तथा सन्देशमुलक सूचना एवं जानकारी स्थानीय विभिन्न पत्रपत्रिका, एफएम रेडियोहरुलाई प्रसारण गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने र विभिन्न स्थानीय भाषामा समेत उक्त सचेतनामुलक तथा सन्देशमुलक सामाग्रीहरु तयार गरी प्रचारप्रसार गर्ने र विपदसँग सम्बन्धित अन्य विषयहरुमाथि छलफल गरी उक्त विषयहरुलाई निर्णय गरी कार्यक्रम सम्पन्न भएको थियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .