न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्लाको विभिन्न स्थानमा बजार अनुगमन

2076-06-14

2076-06-14


B_1.jpg तस्बिर :

मिति २०७६।०६।१३ गतेका दिन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)का प्रशासकीय अधिकृत श्री सागर के.सी.को संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक, घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी, उपभोक्ता हित संरक्षण मंच नवलपरासी, जिल्ला प्रहरी कार्यालय नवलपरासी, पत्रकार र सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले दिउँसो १२:५० देखि साँझ ५:०० सम्म बर्दघाट नगरपालिकाको जिमिरेभार देखि प्रतापपुर गाउँपालिकाको विभिन्न बजार क्षेत्रमा खाद्य तथा पेय पदार्थ अन्तर्गतका दुध डेरी १, मिठाई पसल २, पानी उद्योग १ र ८ वटा खाद्य तथा किराना पसल अनुगमन गरियो । जसमा शिव पार्वती पानी उद्योग प्रतापपुर २ ले "प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४" बमोजिम पुरा गर्नु पर्ने मापदण्ड पुरा नगरी संचालन गरेको देखिएकोले सिलवन्दी गरिएको । त्यस्तै खाद्य तथा किराना पसलमा लेवल नभएका र म्याद गुज्रिएका सामानहरु बरामद गरी मुचुल्का बनाई नष्ट गर्ने प्रकृयाको लागि ल्याईएको । साथै ओम मिष्ठान भण्डार प्रतापपुर २ लाई ७ दिन भित्र किचनको भौतिक अवस्थामा सुधार गरी सो को जानकारी जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिइएको ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .