न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला बाल कल्याण समिति, न.प.बसुपको भवन सहितको सम्पत्ति रामग्राम नगरपालिकालाई हस्तान्तरण

2076-05-27

2076-05-27


1(8).jpg तस्बिर :

आज मिति २०७६ भदौ २७ गते शुक्रवार जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूको संयोजकत्व तथा जिल्ला बाल कल्याण समितिका पदाधिकारी, स्थानीय तह प्रमुख एवं प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा यस जिल्लामा रहेको जिल्ला बाल कल्याण समिति, न.प.बसुपको जग्गा, भवन एवं त्यहा रहेका मेशिनरी औजार तथा अन्य जिन्सी सामाग्रीहरु लगायत चल–अचल सम्पत्ति, लेखा श्रेस्ता, कर्मचारी एवं दायित्व जे–जस्तो अवस्थामा छन सोही अवस्थामा बालबालिकाहरुको हकहित एवं प्रबर्द्धनको लागि मात्र प्रयोग गर्ने गराउने गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६।३।१२ गतेको निर्णयानुसार रामग्राम नगरपालिकाको प्रमुखज्यू मार्फत कार्यालयलाई हस्तान्तरण गरिएको र साथै हालसम्म जिल्ला बालकल्याण समितिको अध्यक्ष, पदाधिकारी, सदस्य पदमा रही जिल्लामा योगदान पुर्‍याउनु हुने सबै महानुभावहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .