न्यून व्यान्डविथ Invert Color A- A A+

हाजिरी छडके

2076-05-01

2076-05-01


Sahakari_Anugaman.png तस्बिर :

आज मिति २०७६ साल भाद्र ०१ गते यस कार्यालयबाट प्रशासकीय अधिकृत क्रमश: श्रीप्रसाद गौतम र सागर के.सी.को नेतृत्वमा खटिएको टोलीले जिल्लास्थित विभिन्न सरकारी कार्यालय र संस्थानमा छड्के अनुगमन गर्दा विदा स्वीकृत नगराई १४ जना कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । जसमा सबै भन्दा बढी भन्सार कार्यालय महेशपुरमा ८ जना अनुपस्थित रहेको देखियो । छड्के गरिएका कार्यालयहरुमा भन्सार कार्यालय महेशपुर, जिल्ला हुलाक कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, कारागार कार्यालय, नापी कार्यालय, पशु क्वारेन्टाइन कार्यालय महेशपुर, स्वास्थ्य कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र पृथ्वीचन्द्र अस्पताल रहेका छन ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .