2076-06-29
2076-06-29
तस्बिर : मोहन पौडेल, रासस
आज मिति २०७६।६।२९ गते घरेलु तथा साना उद्योग कार्यालयको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय बुटवल, पत्रकार लगायतको टोलीले जिल्लास्थित गल्ला (धान, गहु, तोरी, मसुरो आदि) को कारोबार गर्ने ८ वटा व्यवसायीहरुको ढक तराजु दर्ता नविकरण तथा नापजाँच, उद्योग/व्यवसाय दर्ता नविकरण गरे नगरेको भन्ने विषयमा अनुगमन गरी नियमानुसार कार्य नगरेको व्यवसायीलाई पुँजी बढाउने, समयमै नविकरण गर्ने तथा ढक तराजुलाई सम्बन्धित निकायबाट नियमित चेकजाँच गराई मात्र प्रयोगमा ल्याउने भनी निर्देशन गरिएकोमा १ वटा व्यवसायीलाई काँटा सहित ३ दिन भित्र गुणस्तर तथा नापतौल कार्यालयमा उपस्थित हुन समेत निर्देशन गरिएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .