2076-06-07
2076-06-07
तस्बिर : प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूबैंक, वित्तिय संस्था तथा सुनचाँदी व्यवसायी संघसँग छलफल गर्नु हुँदै
आज मिति २०७६ असोज ०७ गते प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद मरासिनीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)मा सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष, जिल्लास्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु तथा सुनचाँदी व्यवसायी संघका अध्यक्ष लगायतको उपस्थितिमा आसन्न दशै, तिहार र छठ जस्ता चाडपर्वहरुमा सुरक्षा व्यवस्था एवं सेवा प्रवाह सम्बन्धमा छलफल भै उक्त समयमा बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीहरुको बढी चाप हुने भएकोले सबै बैंक तथा वित्तिय संस्थाहरुले सहज र सरल कार्य वातावरण निर्माण गरी गर्ने साथै बैंक एवं वित्तिय संस्थाहरुको आन्तरिक सुरक्षा व्यवस्थालाई संस्थाहरुले थप मजबुत बनाउने र बाह्य सुरक्षाको भरपर्दो र विश्वसनीय व्यवस्था जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल, नं.२६ गण हे.क्वा.ले मिलाउने लगायतका निर्णय भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .