न्यून व्यान्डविथ Invert Color A- A A+

कर्मचारी परिवारको नाताले नागरिकता प्रमाणपत्र लिंदा

शुल्क

रु. १०।- को टिकट



लाग्ने समय

प्रमाण पुगेमा सोही दिन

कागजातहरु

 १. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र ।

२. अनुसूची १ – वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय निकायबाट सिफारिस फाराम थान २ ।

३.  फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि)

४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत ।

५. जन्मदर्ता पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र र बनाएको भए नाबालक परिचय पत्र ।

६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।

 



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

गुनासो सुन्ने कर्मचारी
श्रवण कुमार पाेखरेल
पछिल्लो अपडेट गरिएको : 2079-08-15 12:28:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Powered By: ProActive Developers