रु.१०।- को टीकट
प्रमाण पुगेको खण्डमा उसैदिन
क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा :–
१. अनुसूची १ को फाराममा सम्बन्धित वडाध्यक्षको सिफारिश ।
२. बाबुको र आमाको ना.प्र. र सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र. र नाता प्रमाणित प्रमाण पत्र एवं विवाहिता महिला भए पतिको ना.प्र.समेत ।
३. पिता, माता वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।
४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।
५. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) ।
६. जन्मदर्ता पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र र बनाएको भए नाबालक परिचय पत्र ।
ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा :–
१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ।
२. जग्गाधनी प्रमाण पूर्जा ।
३. घरको नक्सा पास प्रमाणपत्र ।
४. पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण
५. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु, आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .