न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी सम्बन्धी

शुल्क



लाग्ने समय

कागजातहरु

 निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)बाट जारी भएको हकमा

१. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति

२. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को २ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ)

३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति

४. राहदानी दस्तूर रु ५०००।– तिरेको रसिद र नाबालकको हकमा १० बर्ष मुनिको हकमा रु २५००।– (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ ।  

५. नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय नवलपरासी(बसुप)बाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि

६. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि

 

अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछ

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाण पूर्जा ।

३. घरको नक्सा पास प्रमाणपत्र ।

४. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

५‍ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।

अन्यत्र जिल्लाबाट नागरिकता लिई यस जिल्लामा विवाह गरी आउनेको हकमा

१. विवाह दर्ता प्रमाणपत्र

२. पतिको ना.प्र. प्रमाणपत्र

३. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ

 

यस जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा

१. सम्बन्धित निकायको सिफारिस पत्र

२. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ

३ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

राहदानी शाखा

गुनासो सुन्ने कर्मचारी
श्रवण कुमार पाेखरेल
पछिल्लो अपडेट गरिएको : 2079-08-15 12:28:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Powered By: ProActive Developers