Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Nawalparasi(Bardaghat Susta West))

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Nawalparasi(Bardaghat Susta West))

Friday, Jestha 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

मनसुन-२ कृत्रिम घटना अभ्यास सम्पन्न

2079-02-29

2079-02-29


20220612_090415(1).jpg Images : मनसुन-२ कृत्रिम घटना अभ्यास सम्पन्न

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला विपदका दृष्टिकोणवाट अत्यन्तै सवेदनशिल रहेको छ । जिल्लागत रुपमा हेर्दा विपद जोखिममा यो जिल्लाको स्थान सत्रौं रहेको छ । आ.व. २०७८ को विपद घटनालाइ विश्लेषण गरि हेर्दा कुल ५५ वटा घटना भएका छन त्यस मध्ये वर्षातको कारण भएको विपदको संख्या वढी रहेको छ । यस जिल्लाको पुर्वी भागमा रहेको नारायणी नदिमा वर्षेनी आउने वाढीको कारण डुवान हुने गरेको छ । त्यसै गरि गण्डक नहरको साइफनको प्रभावकारी सफाइ नहुनु ,पानीको आउटलेट साँगुरो हुनु ,शहरीकरणका कारण पानी निकासको साविकका संरचनाहरु लोप हुँदै जानु ,नयाँ संरचनाहरु नवन्नु ,नर्माण भएका सडक लगायतका संरचनाका कारण दक्षिण तर्फ वगेर जाने पानीका निकासहरु अवरुद्ध हुनु ,सिमावर्ती भारतीय क्षेत्रमा वन्दै गरेको सडकका संरचनाहरुको कारण सदरमुकाम लगायत जिल्लाका अधिकाँस भाग भारी डुवानको चपेटामा पर्ने गरेको अवस्था छ।

मिति २०७९।०२।२६ गते प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद व्यवस्थापन समितिको वैठक वसि १४ वटा निर्णयहरु भएको छ। उक्त निर्णयहरु मध्ये वँदा ११ को निर्णयमा जिल्ला प्रशासन कार्यालयमा विनियोजन भएको कृत्रिम घटना अभ्यासको रकम समेतवाट सरोकारवाला सवै निकायहरुसँगको समन्वय तथा सहकार्यमा जिल्ला स्थित गोरखदल गणको अगुवाइमा एउटा कृत्रिम घटनाको अभ्यास गर्ने निर्णय भइ हाल कार्यान्वयन समेत संपन्न भैसकेको छ । खासगरि जिल्लाको मूख्य विपद वाढी तथा डुवान नै भएकोले यसै सम्बन्धी काल्पनिक घटनाको निर्माण गरि पाल्हिनन्दन गाँउपालिका वडा नं.४ स्थित पाल्हीभगवती मन्दिर नजिक रहेको ठूलो पोखरीमा अभ्यास कार्य संपन्न भएको हो । मनसुन -२ नामाकरण गरिएको उक्त घटना अभ्यासमा ग्याँस सिलिण्डर आगलागी भएमा गर्न सकिने सुरक्षा उपायको डेमो पनि प्रदर्शन गरिएको छ । त्यसै गरि उद्धार कार्यमा प्रयोग हुने सामग्रीको प्रदर्शनी तथा अवलोकन समेत भएको छ ।

वाहिनीपति नवराज गुरुङ समेतको उपस्थितिमा सवै स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतका जनप्रतिनिधिहरु ,राजनितिक दलका व्याक्तित्वहरु ,राष्ट्रसेवक कर्मचारी ,पत्रकार ,रेडकस लगायतका गैरसरकारी संघसंस्थाहरु ,सुरक्षा निकाय ,अस्पताल ,स्थानीय जनसमूदाय तथा सामाजिक संस्थाहरु समेतको व्यापक उपस्थितिमा अभ्यास कार्य संपन्न गरिएको छ । अभ्यासको नेतृत्व गोरखदल गणले गरेको छ भने सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,पृथ्विचन्द अस्पताल ,नेपाल रेडकस, लगायतका निकाय वा संस्थाको प्रत्यक्ष सहभागिता रहेको थियो।

कृत्रिम घटना अभ्यासवाट प्राप्त लाभहरु सरोकारवाला र स्थानीय समूदायमा विपदजन्य जोखिम व्यवस्थापन संवन्धि जनचेतना जागरण हुने । स्थानीय समूदायले उद्धार सामग्रीको वारेमा जानकारी प्राप्त गर्ने सरोकोरवाला निकायहरुको भुमिका र जिम्मेवारीमा स्पष्टता आउने । आपतकालिन संपर्क तथा संचार को वारेमा जानकारी प्रवाह हुने अन्तर निकाय समन्वय तथा सहकार्यको अभ्यास हुने प्रयोग हुने स्रोत साधनको समयमा नै वन्दोवस्ती गर्न सहयोग मिल्ने स्थानीय समूदायमा आत्मा विश्वास जागृत हुने उद्धारकर्मीहरुमा आत्मा-विश्वास वढने ,कार्य संपादनमा थप निखारता आउने अपेक्षा गरिएको छ ।

 

Last Updated : 2083-02-28 14:35:23

© All Rights Reserved to District Administration Office, Nawalparasi(Bardaghat Susta West)) .