Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

परासी, प्रदेश नं. ५, नेपाल

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

परासी, प्रदेश नं. ५, नेपाल

कोराना भाइरस (कोभिड–१९) रोगको सम्भावित संक्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापन सम्बन्धमा जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

2076-11-22

2076-11-22


20200305_155141.jpg तस्बिर : कोराना भाइरस (कोभिड–१९) रोगको सम्भावित संक्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापन सम्बन्धमा जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

१. गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको च.नं. ३१२४ मिति २०७६।११।२१ को कोराना भाइरस (कोभिड–१९) रोगको सम्भावित संक्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापन सम्बन्धमा आवश्यक समन्वय गर्ने विषयको पत्र बैठकमा जानकारी गराइयो ।

२. आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. ५, बुटवलको च.नं. २३०७ मिति २०७६।११।२१ गतेको मेला, महोत्सव तथा सभा सम्मेलनहरु स्थगित गर्ने सम्बन्धको पत्र बैठकमा जानकारी गराइयो । सो पत्रमा उल्लेख भए अनुसार गर्न लागेको मेला, महोत्सव, सभा सम्मेलनहरु तथा स्थानीय हाटबजार समेत हाललाई स्थगित गर्न सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने ।

३. कोराना भाइरस (कोभिड–१९) को बिश्वव्यापी संक्रमण र सो संक्रमणबाट हाम्रो देश उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनबाट प्रवाहित सूचनाको सन्दर्भमा सम्भावित संक्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापनका सम्बन्धमा सबै स्थानीय तहहरुले उच्च सर्तकता अपनाउन विशेष कार्यक्रम संचालन गर्ने । यसको लागि सरकारी एवं निजी स्वास्थ्य संस्था र स्वास्थ्यका क्षेत्रमा क्रियाशिल रेडक्रस लगायतका संघ संस्थाहरुले पनि आवश्यक सहयोग गर्ने ।

४. स्वास्थ्य कार्यालयले कोराना भाइरस (कोभिड–१९) रोगको सम्बन्धमा सचेतना कार्यक्रम संचालन गर्ने एवं उक्त रोग नियन्त्रणका लागि कार्ययोजना समेत तयार गर्ने । साथै जिल्लाको कोराना भाइरस (कोभिड–१९) प्रभावितहरुको तथ्यांक संकलन गरी दैनिक रुपमा प्रतिवेदन गर्ने ।

५. कोराना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापनका सम्बन्धमा जनचेतनामुलक कार्यक्रम संचालन गर्न एवं सो सम्बन्धी सन्देश स्थानीय एफ.एम. रेडियो, टेलिभिजन, पत्र पत्रिका लगायतका स्थानीय संचार माध्यमबाट स्थानीय भाषामा समेत प्रशारण र प्रकाशन गर्ने व्यवस्था मिलाउन रेडक्रस, गैरसरकारी संस्था, संचार संस्था लगायतका सरोकारवाला सबै पक्षलाई अनुरोध गर्ने

६. कोराना भाइरस (कोभिड–१९) बाहिरी जिल्ला एवं भारतीय सीमानाबाट नेपाल भित्रीन नदिन स्थानीय तह, जिल्ला प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा., भन्सार लगायतका सम्बद्ध सबैले सीमा क्षेत्रमा विशेष निगरानी बढाई सतर्कता अपनाउने एवं स्थानीय तहहरुले आफ्नो क्षेत्र भित्र परामर्श कक्ष स्थापना गरी चेकजाँच गर्ने र अनुगमनलाई प्रभावकारी बनाई उचित एवं मर्यादित व्यवस्थापन गर्ने ।

७. आगलागी, हावाहुरी, आँधीहुरी, असिनापानी तथा बाढी पहिरो जस्ता विपद्का घटना र सोबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न र क्षति न्यूनिकरणका सम्बन्धमा जनचेतना फैलाउन सचेतनामुलक तथा सन्देशमुलक सूचना एवं जानकारी स्थानीय विभिन्न पत्रपत्रिका, एफएम रेडियोहरुलाई प्रसारण गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने र विभिन्न स्थानीय भाषामा समेत उक्त सचेतनामुलक तथा सन्देशमुलक सामाग्रीहरु तयार गरी प्रचारप्रसार गर्नको लागि समेत अनुरोध गर्ने निर्णय गरियो ।

८. आगलागी तथा वनडढेलोका घटनाहरुबाट मानवीय, भौतिक तथा वातावरणीय क्षतिलाई न्यूनिकरण गर्न सबै स्थानीयतहहरु र वार्डस्तरसम्म, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, मानवीय सहायताका क्षेत्रमा कार्यरत संघसंस्थाहरुलाई सक्रिय र तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्णय गरियो ।