Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

परासी, प्रदेश नं. ५, नेपाल

Visit Nepal 2020 - Ministry of Home Affairs

सडक दुर्घटना न्यूनिकरणको लागि बैठक सम्पन्न

1 महिना अगाडी

2076-08-24


आज मिति २०७६ साल मंसीर २३ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सडक दुर्घटना न्यूनिकरणको सम्बन्धमा छलफल गर्न बसेको बैठकले तपसिल अनुसारको निर्णय गरेको छ ।

 

१. यस जिल्लाभित्र पर्ने पूर्व पश्चिम लोकमार्ग तथा भित्र सडकहरुमा गुडने सवारी साधनहरुको नियमित चेकजाच गर्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मिलाउने ।

२. सार्वजनिक यातायातका सवारी साधनहरुमा क्षमता भन्दा वढी यात्रुहरु वोक्न तथा राख्न नदिने ट्राफिक  प्रहरीले यातायात व्यवशायीहरुसंग समन्वय गरी विशेष अभियान सञ्चालन गर्ने ।

३. ट्रक लगायका ढुवानीका सवारी साधनहरुमा यात्रुहरुलाई नचढाउने व्यवस्था ट्रक तथा टिपर व्यवशायिकहरुसँग र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा मिलाउने ।

४. सवारी चालक तथा यात्रुहरुलाई ट्राफिक सचेतना सम्बन्धी (चालकले मादक पदार्थ सेवन गर्न नहुने, सवारी चलाउदा मोवाइलको प्रयोग नगर्ने आदी)कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालयले, यातायात व्यवशायी संस्था एवं ट्रक तथा टिपर व्यवसायिकहरुसँग समन्वय गरी सञ्चालन गर्ने ।

५. सडक परमिट प्राप्त नभएका सडकहरुमा यातायात संचालन नगर्ने र परमिट लिने तर्फ पहल गर्ने ।

६. सडक अतिक्रमण, सडकमा निर्माण सामाग्री थुपारी आवागमनमा वाधा पुर्याउने कार्यलाई स्थानिय तहहरुले स्थानिय प्रहरीसंग समन्वय गरी तत्काल रोक्ने । पटक पटक यस्ता कार्यमा संलग्न हुनेहरुलाई कानून बमोजिम कारवाही गर्ने ।

७. छाडा पशु चौपाया तथा हाटवजार सम्बन्धमा स्थानीय तहहरुले उचित व्यवस्थापन गर्ने ।

८. जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी विषयलाई नियमित छलफलको विषय वनाउने ।

९.सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्ययोजना तयार गरी आगामी बैठकमा पेश गर्न देहाय बमोजिमको कार्यदल गठन गर्ने:

क. प्र.अ. ज्योति राज अर्याल,            जिल्ला प्रशासन कार्यालय, न.प.बसुप                – संयोजक

ख. अधिकृत प्रतिनिधि,                                बर्दघाट नगरपालिकाको कार्यालय, न.प.बसुप          – सदस्य

ग. प्रहरी निरीक्षक,                                       जिल्ला प्रहरी कार्यालय, न.प.बसुप                  – सदस्य

घ. ट्राफिक प्रहरी निरीक्षक,                जिल्ला ट्राफिक कार्यालय, न.प.बसुप                – सदस्य

ङ. यातायात व्यवसायी संस्थाको प्रतिनिधि                                          – सदस्य

१०. यातायात सम्बन्धी ऐन, कानून एवं ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने ।

११. सडकको मर्मत सम्भार एवं खाल्टा खुल्टी तत्काल पुर्नको लागि डिभिजन सडक कार्यालय, बुटवल, बुटवल–नारायणघाट सडक विस्तार आयोजना, स्थानीय तह लगायतका सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने ।

१२. जिल्ला भित्र संचालन हुने टिप्परहरुलाई टाइम कार्डको व्यवस्था जिल्ला ट्राफिक प्रहरी कार्यालले मिलाउने ।

१३. सार्वजनिक यातायात संचालन हुने सडकहरुमा बस बिसौनीको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने ।

१४. सुनवल क्षेत्रमा बसपार्कको व्यवस्था मिलाउन सुनवल नगरपालिकालाई अनुरोध गर्ने ।